Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काङ्ग्रेस दैलेख क्षेत्र नं.२को क्षेत्रीय भेलाबाट महासमिति सदस्य सर्वसम्मत निर्वाचित

  • कैलाली दर्पण
  • मङ्लबार, अशोज ३०, २०८०
नेपाली काङ्ग्रेस दैलेख क्षेत्र नं.२को क्षेत्रीय भेलाबाट महासमिति सदस्य सर्वसम्मत निर्वाचित

असोज २९/दैलेखको दुल्लुमा नेपाली काङ्ग्रेस को १४ औ राष्ट्रिय महाअधिवेसनबाट महासमिति सदस्य  छनौट गरेको छ ।

१४ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर -२ को प्रथम क्षेत्रीय भेलाबाट महासमिति सदस्य हरु सर्बसहमत छनौट भएका छन ।
महासमिति सदस्यमा खुल्ला तर्फ दिक्पाल कुमार शाही प्रतिनिधि सभा सदस्य दैलेख क्षेत्र नम्बर २ , घनश्याम भण्डारी कर्णाली प्रदेश सभा सदस्य , मधुर विक्रम खनाल , भुपेन्द्र बहादुर शाही नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पुर्व सचीव , किरण भण्डारीलाई सर्बसहमत छनौट गरेको छ ।

यसै गरि खस आर्य तर्फ रिता कुमारी शाही भैरवी गाउपालिका अध्यक्ष , भरत प्रसाद रिजाल दुल्लु नगरपालिका प्रमुखलाई छनौट गरिएको छ ।

यस्तै महिला समावेशी तर्फ मनसरा कुमारी शर्मा चामुन्डा बिन्द्रासैनी नगरपालिका उप- प्रमुख , दलित तर्फ सूर्य बहादुर बि क , महिला तर्फ, इन्द्रा कुमारी शाही कर्णाली प्रदेश सभा सदस्य
दिपा बोहरा आठबिस नगरपालिका पुर्ब उप प्रमुख लगाएतका व्यक्तिहरुलाई छनौट गरिएको दैलेख काङ्ग्रेसले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट