Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाल दलित मुक्ति मोर्चा कैलालीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • सोमवार, साउन १५, २०८०
नेपाल दलित मुक्ति मोर्चा कैलालीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया। नेपाल दलिय मुक्ति मोर्चा कैलाली जिल्ला समन्वय समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलिय मुक्त मोर्चाको कैलाली जिल्लाको आयोजनामा भएको उक्त कार्यक्रम सोमबार बर्दगोरिया गाउँपालिकामा सम्पन्न भएको हो ।


कैलालीको जिल्ला समन्वय समिती संयोजक शुरेश बिसीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए ।
यस्तै कार्यक्रममा मोर्चाका केन्द्रीय सचीव गोबिन्द बिसी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु लगाए पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम दलितको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरको विगत र वर्तमान अव्यवस्थाको बारेमा तयारी पारिएको कार्यपत्र पार्टीका सुदुरपश्चिम प्रदेशका फाक्स इन्चार्ज ओम प्रकाश पुनले प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रमा नेकपा माओवादी केन्द्र कैलाली जिल्ला कमिटी अध्यक्ष लाजुराम चौधरी, पार्टी जिल्ला कमिटी सचीव दुर्गा बडुवाल, पार्टी प्रदेश कमिटी सदस्य तथा मोर्चाका केन्द्रीय सदस्य रुपका सुनार मोर्चाका प्रदेश अध्यक्ष जगत बिक लगानीका नेताहरुले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मतव्य नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष ध्वज बहादुर सुनारले गरेका थिए ।
यस्तै आजनै सुरेश बिसी संयाेजक्ता र ध्वज बहादुर सुनारको सचीवमा ५७ जनाको जिल्ला कमिटी मोर्चा गठन गरिएको हो ।
यस्तै आज नै जिल्ला १३ स्थानीय पालिकाका मोर्चाका इन्चार्जहरु पनि टुङ्याइएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट