बाैनिया/ बलिया खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था लम्किचुहा ४ कौवापुरको निर्वाचन स्वतन्त्र ,निश्पक्ष र धादलिरहित सम्पन्न भएको छ।
बिगत १५ बर्ष देखि साधारणसभा नभएर नयाँ नेतृत्व बिहिन रहेको उक्त सस्थामा सहमति बाट नयाँ कार्यसमिति चयन हुन नसक्दा निर्वाचन को प्रक्रिया बाट नेतृत्व छनौट गर्नुपर्ने अबस्थामा आएकोले वडा अध्यक्ष तारा प्रशाद अधिकारीले बताउनुभयो ।
आज बैशाख १६ गते शनिबार भएको निर्वाचनमा १ हजार २ सय ९८ मतदातामा १ हजार १ सय ११ मत (८५.५% मत खसेको छ)।११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति सहित १४ पदका लागि ४१ जना उम्मेदवारी चुनावी मैदानमा होम्मियका छन।
गठबन्धन बाट दानबहादुर रावत ,नेकपा एमाले निकट बाट गोपि बहादुर बोगटी र नागरिक उन्नमुक्ती पार्टी निकट बाट प्रेमलाल चौधरीको टिम सहित त्रिपक्षीय प्रतिस्पर्धा भएको थियोे ।
आज राती ८ बजे मतगणना सुरु गरिने निर्वाचन समितिका संयोजक मायाराम धमालाले जानकारी दिनु भएको छ।