नेकपा(एमाले)को भातृ संगठन युवा संघ नेपाल कैलालीको अध्यक्षमा टीकापुर जेसीजका पुर्व अध्यक्ष लक्ष्मण थापा चयन भएका छन् । शुक्रबारदेखि सुखडमा सुरु भएको संघको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा थापा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै अधिवेशनले संघको उपाध्यक्षमा डेविट खड्का, सचिवमा अनन्त बोहरा, सह-सचिवद्वय केशर बोगटी र छत्र बुढा र कोषाध्यक्षमा कल्पना ओझालाई चयन गरेको छ ।
जिल्ला अध्यक्षमा निर्वाचित अध्यक्ष थापाले पार्टीको निर्देशन र संघले दिएको अधिकार अनुसार युवा संघलाई सशक्त बनाई अघि बढ्ने बताए ।
‘सबै साथीहरु, अग्रजहरु, नेताहरुले जसरी हामीलाई नेतृत्व प्रदान गर्नुभएको छ’ अध्यक्ष थापाले भने ‘जिल्लाका अधिकांश युवाहरुको रोजाई युवा संघ बनाउने गरी हामी काम गर्नेछौं ।’