Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बैशाखमा घोडाघोडी साङ्गीतिक उत्सव हुने

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र १४, २०७९
बैशाखमा घोडाघोडी साङ्गीतिक उत्सव हुने

 

१४ चैत्र,सुखड कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घोडाघोडी साङ्गीतिक उत्सव २०८० हुने भएको छ । आभास सञ्चार कम्पनी प्रा.ली.को आयोजनामा आउँदो वैशाख ७ देखी १० गते सम्म सुखड बजारको हेलि प्याडमा उत्सव हुने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचार प्रसार मन्दिरको प्रबद्धन का लागि उत्सवको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक प्रकाश मिश्रले जानकारी दिएका छन । उत्सवमा नायक पल शाह, पुष्प खड्का, गायिका एलिना चौहान, गायक बादल थापा, टङ्क तिमिल्सेना र हेम राज थापाको प्रस्तुति रहने उनले बताए । साथै रोयल डान्स स्टुडियोको पनि प्रस्तुति रहनेछ ।

सम्बन्धित समाचार
ताजा अपडेट