Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बलियामा तीज नृत्य प्रतियोगिता, सुहाना मगर बनिन् प्रथम

  • कैलाली दर्पण
  • मङ्लबार, भदौ ३०, २०८३
बलियामा तीज नृत्य प्रतियोगिता, सुहाना मगर बनिन् प्रथम

कैलाली, लम्कीचुहा नगरपालिका–४ स्थित बलिया बजारमा हरितालिका तीजको अवसरमा आयोजित एकल तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

बलिया बजार व्यवस्थापन समितिको आयोजना तथा लम्कीचुहा नगरपालिकाको प्रवर्द्धनमा आयोजित तिज प्रतियोगितामा सुहाना मगर प्रथम भएकी छन्। उनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरेेकिछन।

त्यस्तै, निशा साउद द्वितीय हुँदै नगद १ हजार ५ सय रुपैयाँ र अस्मिता बोगटी तृतीय हुँदै नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भइन्। निशा भण्डारीले खादा र डायरीसहित सान्त्वना पुरस्कार प्राप्त गरिन्।

विजेताहरूलाई कार्यक्रमकी प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले पुरस्कार प्रदान गर्नुभएको थियो।

कार्यक्रममा नगर उपप्रमुख जुना चौधरी, समाजसेवी रामबहादुर बोगटी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

बलिया बजार व्यवस्थापन समितिका अध्यक्ष झन्करबहादुर रावतको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य समितिकी उपाध्यक्ष आइटवारी चौधरीले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सिद्धराज जोशी र पत्रकार मञ्जु भण्डारीले गर्नुभएको थियो।

प्रतियोगितामा २५ जना महिलाको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट