Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अवैध सालको काठ सहित २ जना पक्राउ

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र १०, २०७९
अवैध सालको काठ सहित २ जना पक्राउ

सुखड कैलाली ।
कैलालीको मोहन्याल गाउपालिकाबाट सालको अवैध काठ सहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा खटिएको गस्ती टोलिले साल जातको अबैध चिरान काठ सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा न २ का ३८ बर्षिय दिनेश बिसी  र सोही स्थान बस्ने १८ बर्षिय राज रसाइली  रहेका छन ।

गए राति मोहन्याल गाँउपालिका वडा नं. ७ स्थित सोल्टा चिसापानी सडक खण्डमा कुईने बाट चिसापानी तर्फ आउदै गरेको से १ ज ११४५ नम्बरको जिपबाट ६३ वटा सालको कडि सहित २ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुलाई वन हिरासतमा लिई थप अनुसन्धानका लागि सशस्त्र वन सुरक्षा शाखा धनगढी लगिएको सव डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्ण बिष्टले जानकारी दिए ।

सम्बन्धित समाचार
ताजा अपडेट