Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कञ्चनपुरबाट अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुर क्याम्पसमा प्यानल नै विजयी

  • कैलाली दर्पण
  • आइतवार, चैत्र ५, २०७९
कञ्चनपुरबाट अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुर क्याम्पसमा प्यानल नै विजयी
कञ्चनपुर

कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ । आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मत सहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घका उम्मेदवार धानिराम चौधरीले ५ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी विमला रेग्मीले ४ मत पाइन् ।
उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए । चुनावमा २५ मत खसेकोमा एक मत बदर भएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट