सुखड कैलाली ।
नेकपा एमालेको जन वर्गीय संगठन रिटर्नी फेडेरेसन नेपाल कैलालीकोे प्रथम अधिबेसन घोडाघोडी नगरपालिका १ सुखडमा सम्पन्न भएको छ ।

अधिवेसनले दिपक ऐरको अध्यक्षतामा नया कमिटि समेत गठन गरेको छ । जस्को उपाध्यक्षमा लक्ष्मि कडेल,रमेश सापकोटा, सचिबमा नारायण ओलि सहित २१ सदस्य चयन भएका छन । रिटर्नी फेडेरेसन नेपाल कैलालीका अध्यक्ष हुकुम बोहोराको सभाध्यक्षतामा सम्पन्न भएको अधिबेसनमा प्रमुख अतिथि नेकपा एमाले कैलाली जिल्लाका उपसचिब ममता प्रसाद चौधरी रहेका थिए ।रिटर्नीको ज्ञान,सिप,पुजी र जागर समृद्ध नेपाल निर्माणको दिगो आधार भन्ने मुल नाराका साथ सम्पन्न भएको अधिबेसनमा नेकपा एमाले जिल्ला कमिटिका सदस्य खगेन्द्र ठकुल्लाको समेत सहभागि रहेका थिए ।