Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा पत्रकारका चुनौति बिषयक बिचार गोष्ठि सम्पन्न ।

  • कैलाली दर्पण
  • आइतवार, माघ २२, २०७९
प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा पत्रकारका चुनौति बिषयक बिचार गोष्ठि सम्पन्न ।

सुखड कैलाली ।
प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा बिभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भएका छन । यसैबिच प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटिले पनि पत्रकारका चुनौति बिषयक बिचार गोष्ठि धनगढीमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सुदुर पश्चिम प्रदेश सरकारका मन्त्रि सन्तोष थापा शर्माले पत्रकारहरुले बिकास निर्माणका लागि सहयोगि भुमिका निर्वाह गर्ने गरेको बताईन ।

प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवससरमा शुभकामना दिदै उनले आगामि दिनमा पनि पत्रकारहरुले यसैगरि सहयोगि भुमिका निर्वाह गर्न आग्रह गरिन ।पत्रकारहरुका समस्याहरु,चुनौतिहरु रहेको बताउदै उनले भनिन,समाधानका लागि सक्दो सहयोग गर्नेछु ।

प्रेस चौतारी नेपाल कैलाली शाखाका अध्यक्ष भानुभक्त आचार्यले स्वागत गरेको कार्यक्रमका बिच कैलाली बहुमुखि क्याम्सका उपप्रध्यापक भुवन भण्डारीले पत्रकारका चुनौति,सुदुश्चिम प्रदेशमा पत्रकारिताको अवस्था लगायतका बारेमा जानकारी दिएका थिए ।

गोष्ठिमा पत्रकार महासंघका केन्द्रिय सचिब हेम कर्ण बिक, पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटिका अध्यक्ष योगेश रावल, बानका केन्द्रिय उपाध्यक्ष गोबिन्द रोष्यारा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य करन ताम्राकार,पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशि,पे्रस चौधरी नेपाल कैलालीका ईन्चार्ज शुशिल ढुङगाना, क्रियाशिल महिला पत्रकार समुहका जिल्ला अध्यक्ष अमिता कुवर,पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य कर्ण शाह,प्रकाश बिक्रम शाह लगायतकाले बोलेका थिए ।

प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कृष्ण ओलिको अध्यक्षतामा सम्पन्न भएको गोष्ठिको सञ्चालन महासचिब शिबराज भट्टले गरेका थिए ।
यसैगरि प्रेस चौतारी नेपाल जिल्ला शाखा कैलालीले पनि दिवसका अवसरमा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । समितिले धनगढीको नयाँ जीवन मिसन नेपालमा आश्रीत बालबालिकालाई सहयोग गरेको हो ।

नयाँ जीवन मिसन नेपालमै पुगेर कार्य समितिले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री र शैक्षिक सामाग्री(कापी, कलम) सहयोग स्वरुप प्रदान गरेको हो । प्रेस चौतारी कैलालीका इन्चार्ज सुशिल ढुंगाना, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, पूर्व केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज हेमत पौडेल र जिल्ला अध्यक्ष भानुभक्त आचार्यले संयुक्त रुपमा नयाँ जीवन मिसन नेपालकी इन्चार्ज प्रतिक्षा प्रधानलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाका अध्यक्ष मनोज अचार्यले प्रेस चौतारीले स्थापना दिवसको अवसरमा पारेर बालबालिकालाई सहयोग गरेकोमा धन्यावद ज्ञापन गरेका छन् । यसै बिच आइतबार नै बसेको प्रेस चौतारी नेपाल कैलालीको पदाधिकारी बैठकले सहसचिव(समावेशी ) मा नन्दलाल राना, सदस्यहरूमा पूर्ण साउद,.तेज बोहरा र बिरेन्द्र भट्ट लाई मनोनित गरेको छ ।

 

सम्बन्धित समाचार
ताजा अपडेट