कार्तिक २९/बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले बर्दगोरिया गाउपालिकाको वडा नम्बर १ बौनिया बजारमा बृहत् घरदैलो कार्यक्रम गरेको छ ।
निर्वाचनको मिति नजिकिए संगै नेकपा एमालेले बौनिया बजारको बिकासका लागि भए पनि झपट रावल र डेजि पाण्डेलाई जिताउनु पर्ने भन्दै व्यापारीहरु संग मत मागेको छ ।
मङ्सिर ४ गते हुन गैइरहेको आम चुनावलाई लक्षित गरि नेकपा एमालेले आज बौनिया बजारमा स्थानिय ब्यापारी,व्यवसायी संग मत माग्दै सल्लाह सुझाव मागेको छ ।
नेकपा एमालेका नेता कार्यकर्ता,शुभचिन्तक र उम्मेदवार सहितको टोलिले प्रचारप्रसार ,मतदाता भेटघाट र घरदैलो कार्यक्रममा आफ्ना उम्मेदवार लाई जिताउनु पर्ने भन्दै मत मागेको हो । 
मंगलबार नेकपा एमालेका प्रदेश ख का उम्मेदवार डेजि पाण्डेले वडा नम्बर १ का स्थानिय जनता संग आफुले जिते बजार क्षेत्रमा बिकासले फडको मार्ने बताए ।
घरदैलोको क्रममा नेकपा एमालेले यहाँको बिकास, समृद्धिका लागि नेकपा एमालेका प्रदेश (ख) का उम्मेदवार डेजि पाण्डे लाई भोटहाल्न अपिल गरेको छ । 
यतिबेला नेकपा एमालेले उम्मेदवार सहित मतदाताको घरघरमा पुगेर मत मागिरहेको छ । घरदैलो अभियानमा नेकपा एमालेका उम्मेदवारले यहाँको समस्या, नागरिकका गुनासाका साथै आगामी ५ बर्षमा गर्ने बिकास र समृद्धिका बारेमा सल्लाह सुझाब समेत मागिरहेको छ । 
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी एमालेका उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेमा स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलो मार्फत गरिएको छ । नेकपा एमाले अहिले कैलाली क्षेत्र नम्बर २ मा बलियो देखिएको छ । 
घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको नेकपा एमालेका उम्मेदवार डेजि पाण्डेले बताए ।