वैशाख २७ सुखड,
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० को समग्र विकास र समृद्धिका लागी आफ्नो उम्मेदवारी रहेको राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्षका उम्मेदवार बनेका जगत प्रसाद जोशीले बताएका छन् । मङ्गलवार पत्रकारहरू सँग भेटघाट कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन । विगतमा निर्वाचित भएका व्यक्तिहरूले वडाको विकासमा कुनै चासो नदिएको तथा आसेपासेलाई पोस्ने काम गरेको आरोप लगाउँदै उनले विगत देखीका समस्याबाट मुक्त हुन आफ्नो चुनाव चिन्ह गिलासमा मतदान गर्न समे आग्रह गरे । आफू निर्वाचित भए सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, नदी तट्बन्धन र सफाइ गर्ने, स्वास्थ्य तथा प्राकृतिक विपत्ति कोष खडा गरी काम गर्ने, वडामा सुपथ मूल्य पसल सञ्चालन गर्ने तथा टोल समिति गठन गरी निर्वाणका कुराहरूलाई अघि बढाउने समेत उनले प्रतिबद्धता जनाएका छन् ।