कैलाली दर्पण
१६ बैशाख सुखड ।
नेकपा एमालेका केन्द्रिय सचीव तथा सुदूर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले मुलुक एमालेमय भएको बताउनु भएको छ । सुदूर पश्चिम प्रदेश प्रचार डेस्कको उद्घाटन गर्दै भट्टले एमालेको जित सुनिस्चित भएको बताउनु भएको हो ।हाम्रो पक्षमा लहर छ उहाले भन्नु भयो जित सुनिस्चित भइसकेको छ ।
उहाले ब्यक्तिगत चरित्र हत्या हुने गरि समाचार सम्प्रेषण नगर्न समेत आग्रह गर्नु भएको छ । उहाले खोज पत्रकारितालाई ध्यान दिन आग्रह गर्नु भयो । सुदूर पश्चिम प्रदेश भरीको चुनावी गतिविधि सार्वजनिक गर्नेगरि मिडिया सेन्टर स्थापना गरिएको हो ।
प्रेस चौतारी केन्द्रिय सचीव तथा सुदूर पश्चिम इन्चार्ज लोग्शरी कुवरको उपस्थितिमा प्रचार डेस्क स्थापना गरिएको हो । कार्यक्रममा एमाले कैलाली इन्चार्ज नारदमुनि राना,केन्द्रिय सदस्य सन्तोष शर्म थापा, प्रदेश सचीव धर्म राज पाठक लगायत उपस्थित हुनुहुन्थ्यो ।