Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

देउडा गाएक राजाराम भाटद्धारा नेपाली काङ्ग्रेस परित्याग गरी एमालेमा प्रवेश

  • कैलाली दर्पण
  • बुधबार, बैशाख १४, २०७९
देउडा गाएक राजाराम भाटद्धारा नेपाली काङ्ग्रेस परित्याग गरी एमालेमा प्रवेश

बौनिया/  स्थानिय तहको निर्वाचन नजिकै आएको बेला  नेपाली काङ्ग्रेस रास्टिय कलाकार संघ केन्द्रिय सदस्य तथा सुदूरपश्चिमका चर्चित देउडा कलाकार राजराम भाटले नेपाली काङ्ग्रेसका क्रियासिल सदस्य समेत रहेका चर्चित कलाकार भाट नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेसले पार्टीको संघसंगठन बिस्तारमा पुरर्यायको मुल्यांकन नगरेको मनोमानी ढंग बाट आफ्ना नाताबादको आधार उम्मेदवार सिफारिस गरेकोले पार्टी विधि बिधान अनुसार संचालन नभएको पार्टी बस्नु कुनै औचित्य नभएको भन्दै पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ।

मंगलबार मात्र नेपाली काङ्ग्रेस प्रभावसाली नेता गाउपालिका अध्यक्ष पदमा आकान्क्षी उम्मेदवार एटम बम को नेतृत्वमा ११ जनाले पनि नेपाली काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन ।

बम २०५४ सालमा साविक लगाम गाबिस सुर्खेत बाट गाबिस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । कलाकार भाट् लाई जिल्ला कमिटी अध्यक्ष रतन थापा ,गाउपालिका अध्यक्ष पदका उम्मेदवार तथा प्रदेश कमिटी सदस्य कर्ण कुवर ,गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगर लगायत कार्यकर्ताले टीका लगाइ स्वागत ,सम्मान गर्नु भएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट