Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नमुना वडा बनाउन उम्मेदवारी – शाही

  • कैलाली दर्पण
  • बुधबार, बैशाख १४, २०७९
नमुना वडा बनाउन उम्मेदवारी – शाही

बौनिया/ यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसबाट जगत बहादुर शाहिले उम्मेदवारी दर्ता गरेका छन ।

यस्तै सदस्यहरुमा देवानन्द जोशी, अशोक चौधरी ,महिला सदस्य पार्बती साउद र दलित महिला सदस्यमा तुल्छा बि .क को उम्मेदवारी दर्ता भएको छ । गठबन्धन अनुसार वडा नम्बर ४ मा पुर्ब माओवादीले जितेका कारण माओवादीकै भागमा पर्ने सम्भावना बलियो देखिएको छ ।

तर गठबन्धनमा पनि सहमति नहुदा माओवादि र नेपाली काङ्ग्रेसले बर्दगोरियाका सबै वडा हरुमा उम्मेदवारी दर्ता गरेका छन । गठबन्धनको बैठक बाट भाग नपरेका तर उम्मेदवारी दिएका वडा बाट फिर्ता गर्ने सहमति समेत भएको छ । यकातिर नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता रुष्ट हुँदै उम्मेदवारी दर्ता गराएका हुन । अध्यक्ष र उपाध्यक्ष मा गठबन्धन हुने तर वडाहरुमा नहुने संकेत समेत देखिएको छ।

यसै गरि वडा नम्बर ४ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमाले बाट निबर्तमान वडा अध्यक्ष पुरन सिंह बि सिलाई दोहोर्‍याएको छ । यसै गरि माओवादी केन्द्रबाट टेक बहादुर कामी,राप्रपा बाट मनिष शाही , नागरिक उन्मुक्ति पार्टी बाट राम बहादुर कठरिया थारु, र स्वतन्त्रबाट बम्बर थारुले उम्मेदवारी दर्ता गराएका छ । नेपाली काङ्ग्रेस बाट आफू नै आधिकारिक उम्मेदवार भएको जगत शाहिले बताएका छन । उनले आफ्नो माहोल राम्रो छ । त्यसैले पार्टीले बिस्वास गरेर मलाई टिकट दिएको हो । शाही वडा नम्बर ४ मा लोकप्रिय मानिन्छ । शाही बौनिया जेसिजका कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट