बौनिया/ यहि वैशाख ३० गते हुन गाइरको स्थानीय तहको निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपलिकाको अध्यक्षका लागि दुरजना स्वतन्त्रत सहित ८ जना र उपाध्यक्ष पदका लागि पाँच जना उम्मेदवार चुनावी मैदानमा भिड्ने भएका छन।
पालिकाको अध्यक्षमा नेकपा एमालेबाट कर्ण बहादुर कुवर,नेपाली काङ्ग्रेस बाट शेर बहादुर कठरिया, नागरिक उन्मुक्ति बाट भजनलाल कठरिया, राप्रपा बाट नवीन जोशी, रास्टिय जनमोर्चा बाट रुपा आले मगर ,नेपाल मजदुर किसान पार्टिबाट शुर्य\ बाहादुर शाही चुनावी मैदानमा छन।
यसैगरी स्वतन्त्रबाट जनक बहादुर शाही र बिनय मल्ल चुनावी प्रतिस्पर्धामा होमिएका छ्न।
यस्तै उपाध्यक्षमा पाँच जना चुनावी प्रतिस्पर्धामा छन नेकपा एमाले बाट इन्दु कठरिया,साझा गठबन्धनबाट गणेश राज गिरि,राप्रपा बाट कर्मा देवि सिंह ,नागरिक उन्मुक्ति बाट सारदा मल्ल, नेपाल मजदुर किसान बाट जौमती न्यौपाने भिड्ने निर्वाचन अधिकृत को कार्यलय बर्दगोरियाले जनायको छ।।
उल्लेख उम्मेदवार विरुद्ध मगलबार कुनै दाबि बिरोध समेत नपरेको कार्यालय ले जनायको छ।