बौनिया/यहि बैशाख३० गते हुने स्थानिय तहको निर्वाचनको लागी मोहन्यालमा गाउँपालिकाको अध्यक्षका लागी नेकपा एमालैबाट धरम बहादुर थापा ,र उपाध्यक्षमा सरस्वती रावलले उम्मेवारी दर्ता गराएका छन् ।
सोमबार उनिहरुले पालिकाको निर्वाचन अधिकृतको कार्यालय खिमडीमा पुगेर उम्मेदवार दर्ता गराएका हुन ।
यसैगरी वडा नम्बर१ को वडा अध्यक्षमा नर बहादुर घर्तीमगर ,२ को अध्यक्षमा कैलाश कुमार घर्तिमगर ,३ को अध्यक्षमा अमरबहादुर टमट्टा,४ को अध्यक्ष मोहन मर्साङ्गी मगर ५ को अध्यक्षमा टेकेन्द्र सिजाली मगर ,६ को वडा अध्यक्षमा कृष्ण बहादुर शाही र ७ को वडा अध्यक्षमा लिलाराम माझी सहित वडा सदस्य ,महिला सदस्य सहित ३७ जनाले उम्मेदवार दर्ता गराएका छन् ।