बौनिया / यहि बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचन लाई सभ्य र धाधली रहित र निर्वाचन आचारसंहिताको पुर्ण पालनाको लागि बसेको सर्वदलीय बैंकक सम्पन्न भएको छ।
उक्त बैंकक स्थानीय तहको निर्वाचनमा मोहन्याल गाउपालिका बाट सहभागी हुने दलहरुको उपस्थिति रहेको थियो । बैंककमा प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की नेकपा एमाले बाट गाउँ कमिटी सचिव टेकेन्द्र सिजाली मगर,नेपाली काङ्ग्रेस बाट गाउँ कार्यसमिति उप सभापति मान बहादुर मास्की मगर ,नेकपा माओबादी केन्द्र जिल्ला कमिटी सचिवालय सदस्य पुजा बुढा मगर ,नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्य टेकबहादुर बोगटिको उपस्थिति रहेको थियो ।

निर्वाचन अधिकृत याम प्रशाद ढुंगानाको अध्यक्षतामा बसेको बैंकक निर्वाचनमा उम्मेदवारी दर्ता को लागि राजनीति दल लाई समय तालिका ,शान्तिसुरक्षा ,र ब्यबस्थापन सम्बन्धित निर्णय बैंककले गरेको छ।