Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीमा गठबन्धनको सहमति ; कांग्रेसलाई ७ पालिका , माओवादी चार र एसलाई दुई

  • कैलाली दर्पण
  • शनिबार, बैशाख १०, २०७९
कैलालीमा गठबन्धनको सहमति ; कांग्रेसलाई ७ पालिका , माओवादी चार र एसलाई दुई

कैलाली/ आगामी स्थानीय तहको निर्वाचनको लागि कैलालीमा तीन दलीय तालमेल हुने भएको छ । आज शनिबार भएको छलफलमा कैलालीका १३ पालिका मध्ये प्रमुखमा ७ पालि कांग्रेसले पाउने भएको छ ।

धनगढी उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने भएको छ । त्यस्तै टिकापुर, लम्कीचुहा, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने भएको छ ।

गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै प्रमुखमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

यस अघिको स्थानीय तहमा एमालेले जितेका ७ पालिका भागबन्डा गरिएको । कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा ४ पालिका जितेको थियो ।
कैलालीमा एकीकृत समाजवादीका कोही पनि प्रमुख थिएनन् । एकीकृत समाजवादीले भने २ पालिका पाउने भएको छ ।

अहिले सहमति पत्रमा हस्ताक्षर भइरहेको छ । केही बेरपछि पत्रकार सम्मेलन गरेर भागबन्डाबारे जानकारी गराउने बताइएको छ ।
माओवादी २ पालिका जितेको थियो । त्यो जितेको पालिका बाहेक कांग्रेस अब थप ३ पालिका र माओवादीले थप २ पालिका पाउने भएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट