Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घोडाघोडी नगरपालिका प्रमुख चौधरीले दिए राजीनामा

  • कैलाली दर्पण
  • शुक्रबार, बैशाख ९, २०७९
घोडाघोडी नगरपालिका प्रमुख चौधरीले दिए राजीनामा

कैलाली दर्पण
९ बैशाख सुखड कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीले राजीनामा दिएका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा चौधरी पनि आकांक्षी हुन् । उम्मेदवार बन्न हालको पद न्याय गर्नु पर्ने भएको हुँदा राजिनामा दिएको चौधरीले जानकारी दिए । चौधरीले दुई साता अघि नै आफूले पाएको सवारी फिर्ता गरिसकेका छन् ।
चौधरी २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट विजयी भएका थिए । उनी हाल नेकपा एमाले कैलाली जिल्ला उप सचिव समेत हुन् ।
घोडाघोडी नगरपालिका प्रमुखमा चौधरी सहित चार जना आकांक्षी देखिएका छन् । चौधरी सहित प्रदेश कमिटी सदस्य विष्णु चौधरी, घोडाघोडी नगर अध्यक्ष वक्तबहादुर शाही र पत्रकार प्रकाश मिश्र छन् ।
नगरप्रमुख चौधरी सहित वडा नम्बर १ का वडाध्यक्ष मनराज शाही, वडा नम्बर ५ का अध्यक्ष प्रेम रोकाया, वडा नम्बर ८ का अध्यक्ष भीम बोगटी र ९ का अध्यक्ष कृष्ण शाहले पनि राजीनामा दिएका छन् । बोगटी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् भने अन्य तीन जना नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
त्यस्तै कार्यपालिका सदस्य र वडा सदस्यहरूले पनि राजीनामा दिएका हुन् ।
वडा नम्बर ७ का चन्नु प्रसाद चौधरी, ६ का लाल बहादुर चौधरी १० का इन्दु देवी चौधरी र राम प्रसाद भण्डारीले राजीनामा दिएका छन् । कार्यपालिका सदस्य राधा परियारले पनि राजीनामा दिएका हुन् ।

सम्बन्धित समाचार
ताजा अपडेट