Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काङ्ग्रेसका मीन बहादुर बम एमालेमा प्रवेश

  • कैलाली दर्पण
  • सोमवार, बैशाख ५, २०७९
नेपाली काङ्ग्रेसका मीन बहादुर बम एमालेमा प्रवेश
बौनिया / कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बाट नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय पूराना व्यक्तिले नै काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छ्न ।
केही दिन अगाडि मात्रै नेपाली काङ्ग्रेस परित्याग गरेका कैलालीको बर्दगोरिया ४ निवाशी मीन बहादुर बम सोमबार एमालेमा गरेका हुन ।
कैलालीको गोदावरीमा सोमबार आयोजित एमालेको कार्यक्रममा बमले पार्टी प्रवेश गरेका हुन । पार्टी प्रवेश गरेका बमलाई एमाले सुदुरपश्चिम प्रदेशका केन्द्रीय सदस्य,इन्चार्ज लगाएतले दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
बम नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि तथा काङ्ग्रेस बाटै वडा नम्बर ४ को वडा अध्यक्षको उम्मेद्वारक रूपमा चिनिएका व्यक्ति हुन । उनी उक्त ४ नम्बरमा लोकप्रिय मानिन्छ ।

सम्बन्धित समाचार
ताजा अपडेट