बौनिया/ स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले लम्किचुहा नगरपालिकाको वडा नम्बर ४ बाट वडा अध्यक्ष पदका लागि चार जनाको नाम सिफारिस गरेको छ ।
्सिफारिस हुनेको नाम जिल्ला कमिटी सदस्य राम बहादुर बोगटी ,पुर्व जिल्ला कमिटी सदस्य नरेश बजगाइ ,बर्तमान वडा सदस्य धनिराम जैसी र पतिराम चौधरी सहित ४ जनाको नाम वडा कमिटीको बैठकद्वारा सिफारिस गरिएको छ।
१० वटा वडा रहेको लम्किचुहा नगरका सबै वडामा नेकपा एमाले ले उम्मेदबाररी घोषणा गरी चुनाबमा होमिने निर्णय समेत नगर कमिटीले गरेको छ ।