कर्णाली प्रदेश दैलेख जिल्लाको चामुन्डाबिन्द्रासैनी नगरपालिकाको नगर प्रमुख पदमा ८ जना आकान्क्षी उम्मेदवार रहेका छन् ।
आकान्क्षी हरुमा महाअधिवेसन प्रतिनिधिहरु इन्द्रा कुमारी शाही,,र राजेश कुमार शाही बासुदेव शर्मा त्रिभुवन बिश्व बिध्यालय प्राध्यापक गणेश बहादुर शाही ईश्वर बिस्ट ,नेपाल तरुल दलका केन्द्रिय सदस्य गणेश कुमारी शाही ,जिल्ला सचिव नारायण प्रशाद रेग्मी, जिल्ला सह सचिव महेन्द्र बहादुर शाही साविक लयाटीबिन्द्रासैनी गाउबिकास समितिका पुर्व अध्यक्ष सर्पराज शाही रहेका छन् ।
यस्तै उप प्रमुख रेखा कुमार शाही ,ललिता थापा शाही र मन्सरा रेग्मी सहित ३ जना महिला छन २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा गणेश कुमार शाही नेकपा एमालेका उम्मेदवार सुॠ बहादुर शाही सङ्ग १ सय ३ मतको झिनो अन्तरले पराजित हुनु भएको थियो।
उप प्रमुख पदमा नेकपा एमालेकि तारा शाही सङ्ग नेपाली काङ्ग्रेस बाट इन्द्रा कुमारी शाही करिब ५ मतको अन्तर ले पराजित हुनु भएको थियो । नगर प्रमुख २०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतको अन्तर पराजित उम्मेदवार गणेश कुमार शाही पहिलो प्राथमिकता र दोस्रोमा वासुदेव शर्मा रहेको छन् ।
वडा नम्बर १ समाजबादी र वडा नम्बर ९ नेकपा माओवादीकेन्द्र छोडने सहमत भएको नगर सभापति जगत बहादुर शाहिले कैलाली दर्पणलाई जानकारी दिनु भएको छ।