बौनिया / आसन्न स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकामा नेपाली काङ्ग्रेस बाट १० जना मेयर र ७ जना उपमेयर पदका आकांक्षीले नगर कार्यसमित मा नाम दर्ता गराएका छन ।
नाम दर्ता गर्नेहरुमा महाअधिवेशन प्रतिनिधि भक्त बहादुर थापा ,अरुण कुमार चौधरी ,प्रेम बहादुर बिस्ट ,बल बहादुर बिस्ट , जिल्ला कार्यसमिति सदस्य देवानन्द जैसी नगर सभापति बिष्णु प्रशाद ढकाल , २०७४ को निर्वाचन प्रदेश समानुपातिक उम्मेदवार शुसिला शाही ,पुर्व जिल्ला कमिटी सदस्य कृष्ण राज पान्डे र पुर्व जिल्ला सल्लाहकार खडानन्द सापकोटा सहित १० जना नगर प्रमुख पदमा आकान्क्षी रहेका छन् ।
यस्तै उपमेयरमा दिपा बडायक, बिजया कार्की ,रंगा कुमारी भट्टराई, राधिका तिमिल्सिना, रितु मुडभरी ,सुमन संज्याल,शिबा थापा चदा्र सिहं सहित ८ जना महिला नगर प्रमुखका आकान्क्षी रहेका नगर सचिव ललित देउवाले कैलाली दर्पणलाई जानकारी दिनु भएको छ।
भक्त बहादुर थापा २०७४ सालको स्थानीय तहमा ५ सयको अन्तरले नेकपा एमाले बाट नगर प्रमुख पदकाउम्मेदवार महादेव बजगाइ सङ्ग पराजित हुनु भएको थियो ।नेपाली काङ्ग्रेस ५ दलिय गठबन्दन मा नेपाली काङ्ग्रेस बाट निर्वाचित र दोस्रो स्थान हासिल गरेका पालिका आफै पाउनुपर्ने दावी गर्दै आएको छ।।कैलालीमा ५ दलिय गठबन्धन हुने भएकोले लम्किचुहा नेपाली काङ्ग्रेसले नछाड्ने दावी गर्दै आएकोछ।