Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

चामुण्डाबिन्द्रासैनीको नगर प्रमुखमा एमालेबाट सूर्यबहादुर शाही सर्वसम्मत उम्मेदवार

  • कैलाली दर्पण
  • आइतवार, चैत्र २७, २०७८
चामुण्डाबिन्द्रासैनीको नगर प्रमुखमा एमालेबाट सूर्यबहादुर शाही सर्वसम्मत उम्मेदवार

बौेनिया/   बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चामुणडा बिन्द्रासैनी बाट मेयरमा सर्व सहमत आइतबार  बसेको नेकपा एमाले चामुण्डाबिन्द्रासैनी नगर कमिटीको बिस्तारित बैठकबाट  एमालेको तर्फवाट नगर प्रमुख पदको उम्मेदवारमा जिल्ला बिकास समितिका पुर्व उपसभापति एवम् जनता लोकप्रीय नेता सुर्यबहादुर शाहीलाई चामुण्डाबिन्द्रासैनी नगरपालिकाको नगर प्रमुख पदको उम्मेदवार सूर्यबहादुर शाहीको प्रस्तावमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ।

नगर प्रमुखका आकान्क्षी हरुमा उप प्रमुख तारा शाही ,नगर कमिटी अध्यक्ष रबिन्द्र बहादुर शाही ,वडा नम्बर १ का वडा अध्यक्ष रङ्ग बहादुर तामाङ्ग ,वडा नम्बर ८ का वडा अध्यक्ष वीर बहादुर शाही ,हस्त प्रशाद शर्मा ,शेर बहादुर रावत नगर प्रमुख पद आकान्क्षी थिए ।आकान्क्षी हरु भन्दा सिनियर र अग्रज नेताको नाम प्रस्ताव आए पछि सबै आकान्क्षिहरुले २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित जिल्ला बिकास समितिका उप सभापति सुर्य बहादुर शाहीलाई सबैले समर्थन गरेको वडा नम्बर १ वडा अध्यक्ष नगर प्रमुख पदका आकान्क्षी रङ्ग बहादुर तामङ्गले बताउनुभयो ।

२०७४ को स्थानीयतहको निर्वाचनमा पनि उहाँ लाई नगर प्रमुख तथा जिल्ला समन्वय समितीको प्रमुखका लागि पार्टीले प्रस्ताव गरेको थियो ।त्यति बेला उहाँको प्रदेश सभा सदस्यको उम्मेदवार रोजाइ रह्यो ।तर प्राप्त हुन सकेन ।२०३७ साल देखि नै नेपाल कम्युनिस्ट पार्टी( नेपाल मजदुर किसान पार्टीमा) आबद्ध शाही २०५२ सालदेखि नेकपा एमालेमा आबद्ध हुनु भएको हो ।

नेकपाएमाले बैठकद्वारा नगरकमिटी अध्यक्ष रबिन्द्र बहादुर शाहिको अध्यक्षता र नेकपा एमाले केन्द्रीय सदस्य तथा दैलेख क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य राज बहादुर बुढाको प्रमुख आतिथ्यमा बसेको थियो ।११ स्थानीय तह रहेको दैलेख जिल्लाका अन्य १० स्थानीय तहमा नगर प्रमुख ,उप प्रमुख अध्यक्ष र उपाध्यक्ष सिफारिसका निम्ति छलफल जारी रहेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट