बौनिया/ कैलालीको लम्किचुहामा नेकपा एमालेले स्थानिय तह निवार्चनको तयारीमा केन्द्रित रहेर अगुवा कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम समपन्र गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टि एमाले लम्किचुहा नगर कमिटीको आयोजनामा शुक्रबार लम्किमा नेकपा एमालेका अगुवा कार्यकर्ताका लागि प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

नगर कमिटी अध्यक्ष तुला सिह थापाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख प्रशिक्षण केन्द्रीय कमिटी सल्लाहकार सदस्य डिल्ली राज भट्टले माक्र्सवाद सङ्ग कार्यकर्ताको सम्बन्ध विषयक,जिल्ला कमिटी अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापाले बर्तमान समसामयिक राजनीति अबस्था विषयक, जिल्ला कमिटी उपाध्यक्ष दुर्गा प्रशाद जोशीले निर्वाचनमा कार्यकर्ताको भुमिका वि शयक ,जिल्ला कमिटी सचिव डेजि पान्डेले जनताको बहुदलीय जनबाद विषयमा प्रशिक्षण दिनु भएको थियो।

उक्त कार्यक्रममा लम्किचुहा नगरपालिका वडा नम्बर ६ बाट २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट वडा सदस्य पदका उम्मेदवार भट्टे ल्वारको नेतृत्वमा ४१ जना नेकपा माओवादी केन्द्र निकट नेपाल रास्टिय प्राध्यापक संघका केन्द्रीय सदस्य तथा लम्की बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख गणेश प्रशाद न्यौपानेको नेतृत्व २४ जना नेकपा एकीकृत समाजबादीका नगर कमिटी सचिवालय सदस्य पुर्ण प्रशाद धमालाको नेतृत्वमा ११ जना लोकतान्त्रिक फोरम बाट प्रेमबहादुर चौधरी सहित ७७ जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेका प्रवेश गरेका छन् ।

सोही कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य झपट रावल, नेकपा एमाले केन्द्रीय सदस्य तथा पुर्व रास्टिय सभा सदस्य कमला ओलि ,प्रदेश कमिटी सचिव धर्म राज पाठक,प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख महादेव बजगाइ,जिल्ला कमिटी सचिवालय सदस्य दल बहादुर बिस्ट ,नव प्रबेसी पुर्ब क्याम्पस प्रमुख गणेश प्रशाद न्यौपानेले शुभकामना मनतब्य राख्नु भएको थियोे ।स्वागत मनतब्य उपाध्यक्ष रामेस्वर चौधरीले गर्नु भएको थियो ।
कार्यक्रमको संचालन नगरकमिटी सचिव शेर बहादुर बिस्ट्ले गरेका थिए ।