बौनिया/ कैलालीको बर्दगोरिया १ बौनियामा नेकपा एमालेको पार्टी प्रवेश तथा टोल कमिटीका पदाधिकारीहरुलाइ प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्र भएको छ।
गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले स्यायी कमिटी सदस्य कर्ण थापा रहनु भएको थियो।
गाउँ कमिटी उपाध्यक्ष सरस्वती बिक को स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा ,प्रमुख अतिथी स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री कर्ण थापा ,बिशिस्ट अतिथी नेकपा एमाले केन्द्रिय सदस्य तथा खानेपानी बिभाग प्रमुख झपट रावल ,र केन्द्रीय हरु सदस्य कमला ओलि ,सन्तोशी शर्मा थापा ,प्रदेश कमिटी अध्यक्ष दामोदर भन्डारी,जिल्ला कमिटी अध्यक्ष रतन थापा ,अनुशासन बिभागका सदस्य रण बहादुर चन्द ,पुर्ब जिल्ला कमिटी सचिव दानबहादुर बिक ,नव प्रबेसी गुरु राज जोशी ले शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा २०४९ सालको स्थानीय निकायको निर्वाचन मा साबिक दोदोधारा गाबिस वडा नम्बर १ बाट नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्ष गुरु राज जोशीको नेतृत्व २ सय ९ नेपाली काङ्ग्रेस ,नेकपा माओवादी केन्द्र ,राप्रपा पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्ने हरुलाइ प्रमुख अतिथी ,बिशिस्ट द्वारा स्वागत ,सम्मान गरिएको छ।
