बौनिया / कैलालिको घोडाघोडी नगरपालिका वडा नम्बर ६ को बसन्तामा नव निर्मित वडा कार्यलय भवन को उदघाटन भएको छ।
९० लाखको लागतमा निर्माणकार्य गरिएको ३ तले भवन बसन्तामा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य अमर साउदले बिधिवत रूपमा उदघाटन गर्नु भएको हो। धन कृष्ण चौलागाईंको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रमका समाजसेवी मेघ बहादुर साउद ,ज्योती सिह खडकाले शुभकामना मनतब्य राख्नु भएको थियो।कार्यक्रम वडा अध्यक्ष बिनोद बिक को सभापतित्वमा भएको थियो । 