लिलाजङ्ग शाही / नेपाली काङ्ग्रेसको आसन्न १४ औं जिल्ला अधिवेशनमा नेपाली काङ्ग्रेसका प्रभावसालि युवा नेता भिम बडुवालले जिल्ला कार्यसमितिको सभापति पदमा बिहीबार पत्रकार सम्मेलन गरि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा अन्तरगत कैलाली जिल्ला सभापति पदका लागी उम्मेदवारी घोषणा गरेका बडुवालले कैलाली जिल्लाका ५ निर्वाचन क्षेत्रका स्थानीय तह , प्रदेश र संघको निर्वाचनमा पाटिका उम्मेदवारलाई पाटिको घोषणा पत्र अनुसार ग्रामीण क्षेत्र सम्म पुगाएर पाटिको सम्पुर्ण युवा शक्ति पहिचालन गरि कैलालीमा नेपालि काङ्ग्रेसलाई पहिलो पाटि बनानका निम्ति आफुले उम्मेदवारी दिएको बताए । जिल्लामा रहेका १४ हजार क्रियासिल सदस्यहरुको स्वाभिमानिको रक्षा गर्दै पाटिलाई सबैको साझा पाटि बनाउने प्रयत्न गर्ने र गुट उपगुट गुटबन्दी मुक्त काङ्ग्रेस बनाउनका निम्ति युवा जागरण संचालनको अभियान चलाउने युवा नेता बडुवालको योजना रहेको छ ।
युवा नेता बडुवालले जिल्ला सभापतिमा पहिलो चरणमा ५१% मत ल्याई आफुले चुनाव जित्ने दाबि गर्नु भएको छ । कैलालीमा माग १५ गते हुने जिल्ला अधिवेशनमा १३ स्थानीय तहबाट दुई हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन । आफुलाई अमुल्य मत दिएर जिताउन प्रतिनिधिहरु संग अपिल समेत गर्नु भएको छ ।