नेकपा एमाले जिल्ला कमिटी सदस्यमा युवा नेता तारा प्रसाद सर्मा (सुवेदी) भुगोल जिल्ला कमिटी सदस्यमा उम्मेदवारी घोषणा गरेका छन । नेकपा एमालेको आसन्न ८ औ जिल्ला अधिवेशनमा घोडाघोडि नगरपालिकामा नेकपा एमालेलाई पहिलो पाटि बनाउने उद्देश्यले आफ्नुले उम्मेदवारी दिएको सुवेदीले बताएका छन ।
जिल्ला कमिटी सदस्यमा सुवेदीको उम्मेदवारी किन ?
पार्टि सशक्त ,सुदृढीकरण ,विधि विधान निति तथा जनमुखी कार्यक्रम संचालन गरि टोल कमिटि देखी नगर कमिटी सम्म पाटि पदति अनुसार पाटि कृयासिल गराउन निरन्तर सक्रिय रहने बताउनु भयो । साथै पाटिमा बिचलन आएकोले कार्यकर्ता लाइ मुलधार मा फर्काउन परशिक्षणको माध्यमबाट एक घर तिन पाटि सदस्य उत्पादन गरी उद्धमसिल लगनसील र अनुसासित कार्यकर्ता उत्पादन गरि पाटि संगठन बिस्तारमा परिचालन गरि आगामी तिनै तहका निर्वाचनमा पाटि का तर्फबाट का उम्मेदवारलाई जनपर्तिनिधिमा बहुमतले निर्वाचित गराई घोडाघोडि नगरपालिकामा नेकपा एमालेलाई पहिलो पाटि बनाउन आफ्नो मुख्य उदेश्यले सदस्य पदमा उम्मेदवार घोषणा गरेकोले अधिवेशनमा सहभागी प्रतिनिधि पार्टीका अग्रज नेता र युवा बर्गलाइ आफुलाइ अत्यधिक मत का बिजयी गराउन अपिल गर्नु भएको छ ।
अहिलेसम्म पाटिमा सुवेदीको योगदान ?
बिद्यार्थी जिवन २०५० सालमा अनेरास्ववियुमा आवद्ध भइ प्रजातान्त्रिक युवा संघको जिल्ला कमिटी सदस्य हुदै दरक गाउ कमिटीको उपसचिव ,सचीव ,उपाध्यक्ष , अध्यक्ष र घोडाघोडि नगर कमिटि अध्यक्षको जिम्मेवारी सम्मालेर घोडाघोडिका सबै वडाका टोल बस्तीमा कार्यक्रता परिचालन गरि जनताको बहुदलीय जनवाद मार्गदर्शनको रुपमा लिदै सुखी नेपाली र समृद्धि नेपालको नारालाई आत्मसात गर्दै पाटिको सम्पुर्ण जन शक्ति पहिचालन गरि ७४ को स्थानीय र प्रदेशको निर्वाचनमा पाटिका उम्मेदवारलाई बिजय गराउन आफुले महत्त्वपूर्ण भुमिका खेलेको सुवेदीले दाबि गरेका छन । साथै घोडाघोडि बहुमुखी क्याम्पसको लेखा समिति संयोजक , साना किसान कृषि सहकारी सस्थाको सल्लाहकार ,शान्तिनगर सहकारी सस्थाको लेखा संयोजक त्यसै मदन भण्डारी फाउन्डेसनको प्रदेश सदस्य , बाणिज्य संघको जिल्ला सदस्य , राष्ट्रिय बाणिज्य महासंघको केन्द्रिय सदस्य ,सक्रिय र इमानदारी पुर्वक सामाजिक क्षेत्रमा अतुलनीय योगदान रहेको बताए । सामाजिक क्षेत्र र पाटिमा सबैको मन जित्न सफल भएकोले अग्रज र समकालीन कम्रेटहरुको चाहानालाई मध्यनजर गर्दै पुस २३ गते हुने जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा उम्मेदवार घोषणा गरेको बताए ।