Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भरत कुमार शाही

नेतृत्व कृपा र आशिर्वाद ले प्राप्त हुदैन – नेका युवा नेता शाही,

  • कैलाली दर्पण
  • बुधबार, मंसिर २२, २०७८
नेतृत्व कृपा र आशिर्वाद ले प्राप्त हुदैन –  नेका युवा नेता  शाही,

निर्मला शाही/आसन्न नेपाली कांग्रेस काे १४ औ रास्टिय महाधिवेशन बाट युवा नेतृत्व स्थापित गर्न परम्पराबादी साेच बाट माथी उठेर गुट र उपगुट त्याग्दै युवा हरूले ठाेस निर्णय गरेन भने कृपा वा आशिर्वाद ले याे महाधिवेशन बाट पनि कांग्रेस केन्द्रीय समितिमा नेतृत्व स्थापित हुन नसक्ने नेपाली कांग्रेस का प्रभावसाली युवा नेता केन्द्रीय सदस्यका उम्मेदवार भरत कुमार शाहीले बताउनुभयो ।

पार्टीको नेतृत्वमा युवाकाे सहभागी बिना सुदृढ र सबल कांग्रेस बन्न नसक्ने समेत शाहीले बताउनु भयाे । काठमाडौंमा पत्रकार हरू संग कुरा गर्दै नेता शाही ले महाधिवेशन मा युवा हरूकाे उत्साहजनक उपस्थिति सुखद कुरा भए पनि कांग्रेस मा अहिले पनि युवाले नेतृत्व प्राप्त गर्न कठिन रहेकाे बताउदै क्षेमता र याेग्यताका आधारमा बढी भन्दा बढी युवा लाई केन्द्रीय समितिमा पुर्याउन महाधिवेशन प्रतिनिधि हरूले हिक्मत गर्नु पर्ने धारणा राख्नु भयाे ।

भाषणमा युवाले नेतृत्व गर्नु पर्छ भन्ने तर नेतृत्व चयन गर्दा गुट उपगुटकाे चंगुलमा परेर युवा लाई भाेट नगर्ने हाे भने फेरि पनि कांग्रेस नेतृत्वमा युवा हरूकाे उपस्थिति न्यून हुने निश्चित भएकाे भन्दै १४औ महाधिवेशन मा प्रतिनिधि हरूले युवा हरू लाई प्राथमिकता दिई न्याय गर्नु पर्ने बताउनु भयाे ।

सबल, सुदृढ र प्रशिक्षित कांग्रेस निर्माणका लागी पुरानाे र नया पुस्ताका क्षेमता भएका कुसल संगठक हरू लाई नेतृत्वमा स्थापित गर्नु पर्ने शाही ले बताउनु भयाे ।

सम्बन्धित समाचार
ताजा अपडेट