Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने

  • कैलाली दर्पण
  • बुधबार, चैत्र २७, २०८१
सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने

२७ चैत/सामुदायिक विद्यालयको गुणस्तर सुधारका काम थालेको ओखलढुंगाको मोलुङ गाउँपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूले अनिवार्य आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट भएको उक्त निर्णय कार्यान्वयन गर्न पालिकाले सूचना जारी गरेको छ ।

अभिभावक र सबै पालिकाबासीलाई जानकारी गराउन सूचना जारी गरिएको प्रशासकीय अधिकृत सन्तोष गौतमले जानकारी दिए । ‘शैक्षिक वर्ष २०८२ बाट उक्त निर्णय कार्यान्वयन हुने र विद्यार्थी भर्ना अभियान शुरु हुनुपूर्व नै यो निर्णय भएकाले सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ’, गौतमले भने ।

जनप्रतिनिधि र सरकारी सेवाका कर्मचारीहरूको ध्यान सामुदायिक विद्यालयमा नगएका कारण गुणस्तर घटिरहेको गुनासो आएको समयमा पालिकाले यस्तो निर्णय गरेको हो ।

यो निर्णयले जनप्रतिनिधि र सरकारी सेवाका कर्मचारीहरूको सामुदायिक विद्यालयमा अपनत्व बढाउने हुँदा शैक्षिक सुधारमा प्रभाव पर्ने गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । मोलुङ गाउँपालिका सरकारी सेवाका कर्मचारी र जनप्रतिनिधिहरूका बालबच्चा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गर्ने जिल्लाको पहिलो पालिका हो ।

सम्बन्धित समाचार
ताजा अपडेट