Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जनजागृति मावि चौरीको सार्वजनिक सुनुवाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज २३, २०८३
जनजागृति मावि चौरीको सार्वजनिक सुनुवाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लिलाराज शाही/ कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरीस्थित श्री जनजागृति माध्यमिक विद्यालयले सार्वजनिक सुनुवाइ तथा दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०८२/०८३को सामाजिक लेखापरीक्षणअन्तर्गत सार्वजनिक सुनुवाइ तथा शुभकामना आदानप्रदान र आयव्यय विवरण प्रस्तुत गरेको हो।

शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमा प्रमुख अतिथी लम्कीचुहा नगरपालिका ५ नम्बर वडा अध्यक्ष माया बिष्ट रहनु भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुष्कर सिंह बोहराले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै शिक्षक फरेन्द्रराज कार्कीले आर्थिक वर्ष २०८२/०८३ को कुल ४ करोड ५६ लाख ५० हजार ३ सय ३५ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रस्तुत आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको जनाइएको छ।

शिक्षक देवीराम सञ्ज्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा–५ की वडा अध्यक्ष माया विष्ट, विशिष्ट अतिथि साविक बलिया गाउँ विकास समितिका उपाध्यक्ष धनवीर तिरुवा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज रावलले शुभकामना मन्तव्य राखेका थिए।

सहायक प्रधानाध्यापक पारस खनालले संचालन गरेको कार्यक्रमा अभिभावक समाजसेवी शिक्षक विद्यार्थी लगायतको उपस्तिथि  रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट