बर्दगोरिया गाउँपालिकाले वडा नम्बर ३ अन्तर्गत पर्ने नदीहरुमा २०४ मिटर लामो तटबन्धन निर्माणको शिलान्यास गरिएको छ।
मंगलबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सो तटबन्ध निर्माणको शिलान्यास गर्नु भएको हो । उक्त तटबन्धनको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माण कार्य सुरू भएको हो ।
शिलान्यास कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्य, वडा सदस्यहरु, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
तटबन्धन निर्माणपछि नदी कटानको जोखिम कम भई स्थानीय बासिन्दा तथा खेतीयोग्य जमिन संगै झुलुङे पुलको सुरक्षा हुने अपेक्षा गरिएको छ । बर्सेनि बाढीका कारण यो क्षेत्र प्रभावित हुँदै आएकोले तटबन्धन निर्माणलाई महत्वपूर्ण मानिएको छ ।
प्रकाश निर्माण सेवा बझाङले सो तटबन्धको काम असार मशान्त सम्म सक्नु पर्ने छ ।
प्रदेश सरकारले ४५ लाख बजेट व्यवस्थापन गरेपछि वडा नम्बर ३ मा २ सय मिटर भन्दा बढी लम्बाईको तटबन्धन निर्माण गरिन लागेको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।