बर्दगोरिया । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ८ मा रहेको पथरिया सामुदायिक बन उपभोक्ता समुहको १७ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भद्र बहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी लम्की चुहा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष हरि प्रसाद चौधरी रहनु भएको थियो । यसै गरि विशिष्ट अतिथीमा पुर्व गाबिस उपाध्यक्ष बल बहादुर बिष्ट र साहारा घरका संचालक बल बहादुर बिस्ट रहनुभएको थियो ।
यस्तै साधारणसभामा वडा नं. ८ का वडा सदस्य डिल्लीराज गौतम, सेतु बि.क., दुर्गा जोशी, वडा नं. १० का वडा सदस्य गिता थापा, सुरेन्द्र बोहोरा, दिपा सुनार, स.स. संयोजक बल बहादुर बिष्ट, नेपाली कांग्रेसका वडा सभापती रमेश बिष्ट, नेकपा एमालेका वडा कार्यवाहक अध्यक्ष लक्ष्मी भण्डारी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि सन्तु डंगौरा थारु, राष्ट्रिय स्वतन्त्र पार्टीका डम्बर प्रसाद काफ्ले, नागरिक उन्मुक्ती पार्टीका खुशीराम चौधरी लगाएतकाको सहभागिता रहेको थियो
सामुदायिक बन उपभोक्ता समुहले १८ लाख ६७ हजार ,६ सय ३ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेको थियो ।
