६ चैत/कैलालीको लम्की बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल क्रान्तिकारीका तपेन्द्र प्याकुरेल विजयी भएका छ्न।
उनले नेविसंघका उम्मेदवार उपेन्द्र शाही लाइ १४ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन ।
विजयी प्याकुरेलले १६२ मत ल्याउँदा नेविसंघका उपेन्द्र शाहीले १४८ र अनेरास्ववियुका प्रदिप न्यौपानेले १०३ मत प्राप्त गरेका छ्न।
यस्तै सचिवमा नेविसंघका नरेस रिमालले १५३ मत ल्याएर विजयी भए।
कोषाध्यक्षमा अनेरास्ववियुकी लक्ष्मी कुमारी खनालले १४२ मत ल्याएर विजयी हुुदा नेविसंघकि टिका बिसिले १४१ मत र अखिल क्रान्तिकारीकि शिला बिकले १३८ मत प्राप्त गरिन।
यसैगरी सदस्यहरुमा नेविसंघकाबाट करिना बिक,मनिषा बिक, गंगा प्याकुरेल, अखिल क्रान्तिकारीबाट हेमन्त सन्ज्याल, र अनेरास्ववियुबाट बिमला जैशी विजयी भएकी छ्न।
यस अघि लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी भएको थियोे ।
