Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुर्खेतकाे अमरदीप क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियुका रावल विजयी

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र ५, २०८१
सुर्खेतकाे अमरदीप क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियुका रावल विजयी

५०चैत/सुर्खेतकाे अमरदीप क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियुका विशाल रावल विजयी भएका छन् ।उनले अखिल क्रान्तिकारीकी लक्ष्मी नेपालीलाई पराजित गरेका छन्।

निर्वाचन अधिकृत लोक प्रसाद ढकालद्वारा जारी नतिजाअनुसार रावलसहित उपाध्यक्षमा सन्ध्या पौडेल, सचिवमा अखिल (क्रान्तिकारी) का तारा नेपाली निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा बीसी, सदस्यहरूमा रन्जनाकुमारी सिजापति, जानकी दाहाल र विमल के.सी. निर्वाचित भएका छन् ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत ढकालले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट