Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

स्ववियु निर्वाचन: राष्ट्रिय कलेज सुखडमा मतदान सम्पन्न

  • कैलाली दर्पण
  • मङ्लबार, चैत्र ५, २०८१
स्ववियु निर्वाचन: राष्ट्रिय कलेज सुखडमा मतदान सम्पन्न

५ चैत/कैलालीको राष्ट्रिय कलेज सुखडमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान  शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

नौ सय १२ मतदाता रहेको क्याम्पसमा ४ सय २ मत मात्र खसेको निर्वाचन समितिले जनाएको हो।करिब ४४.५६% प्रतिशत मतदान दर देखाएको छ ।

मतगणना आज नै हुने  निर्वाचन संयोजक प्रभात बोगटीले जानकारी दिए ।

 राष्ट्रिय कलेज सुखडमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका  लागि भएको  निर्वाचनमा नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी) र  अखिल समाजवादीको संयुक्त प्यानलको उम्मेदवारी रहेको थियो । उपाध्यक्ष, सहायक सचिव र ३ सदस्य समानुपातिक प्रणालीबाट निर्वाचत हुने छन् ।

राष्ट्रिय कलेजमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धन रहेको छ।

मतगणनामा नेविसंघ, अखिल(क्रान्तिकारी  बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट