कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको पायनियर्स एकेडेमीले कक्षा १० मा अध्यययनरत विद्यार्थीलाई बिधाइ गरेको छ।
शनिबार विद्यालय जीवनको महत्वपूर्ण समय अध्याय गरि एसइइ दिन लागेका कक्षा १० का विद्यार्थीहरूलाई एक भब्य समारोहका बिच आशीर्वाद रिसोर्ट लम्कीमा औपचारिक कार्यक्रम गरि भेटी भेटौला भन्दै शुभकामना दिदै बिदाइ गरिएको हो ।
बिधालयका प्रीन्सीपल चन्द्र प्रकाश न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख सुशीला शाही,बिशिस्ट अतिथी बिधालयका संचालक समिती सदस्य तथा किसान बहुउद्देश्यीय सहकारी सस्थाका महा प्रबन्धक डम्बर शाह र कालिका माध्यमिक बिधालय लम्कीका प्रधानाध्यापक राजेन्द्र प्रशाद भन्डारीले शुभकामना मनतब्य राखेका थिए ।
विद्यालयका सहायक प्रीन्सीपल लक्ष्मी मिश्रको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक तेजराज भट्टराईले गरेका थिए ।
उक्त बिधालयले २०८० को एस इ.इ परिक्षामा ६६ जना बिद्यार्थीलाई सत प्रतिशत उतिर्ण गराउन सफल भएको लम्की क्षेत्र बाट निजी बिधालय हो । साथै एस इ.इ मा २ जना विद्यार्थीले ३.९ जीपीय ल्याउन समेत सफल भएका थिए। २०८१ सालको एस इ.इ मा पनि आफ्नो बिधालय बाट सहभागी हुने ७१ जना बिद्यार्थी लाई सत प्रतिशत नतिजा ल्याउने गरि बिधालयले पठन पाठनमा मिहेनत गरेको प्रीन्सीपल न्यौपानेले दावी गरेका छन् ।
