Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

त्रिनेत्र ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन २६, २०८१
त्रिनेत्र ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ८ मल्भङामा रहेको त्रिनेत्र ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ  ।

संस्थाका अध्यक्ष सोमैया चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी लम्किचुहा वडा नं ८ का वडा अध्यक्ष हरि प्रसाद चौधरी रहनु भएको थियो।

कार्यक्रममा बिशिस्ट अतिथी जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण बहादुर खत्री,पुर्व वडा अध्यक्ष पुर्ण बहादुर बिस्ट र साहारा घरका संचालक बल बहादुर बिस्ट रहनु भएको थियो।

संस्थाले आर्थिक बर्ष २०८०/०८१ को असार मसान्तसम्म  ४७ लाख १९ हजार ७ सय ९० रुपैयाँ र ०८१/०८२ को २०८१ साउन देखि माघ१७ लाख ५५ हजार ८ सय ४८ रुपैया बराबरको आय ब्ययको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अतिथिहरु नेपाली काङ्ग्रेसका रमेश बिस्ट ,नेकपा एमालेका लक्ष्मी भणडारी ,रास्टिय स्वतन्त्र पार्टीका माने थ्यायत ,नागरिक उन्नमुक्ती पार्टीका  दिपेन्द्र सन्ज्याल ,रास्टिय प्रजातन्त्र पार्टी का मारकान्डे चौधरी ,मनकामना ग्रामीण बिधुत सहकारी सस्थाका अध्यक्ष कमान सिह खड्का लगायतको उपस्थिति राखेको थियो ।

यसैगरी कार्यक्रममा समयमै बिधुत महसुल बुझाउने ४७ जना उपभोक्ता लाई १/१ बल्व दिएर सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालक प्रबन्धक गोकर्ण प्रशाद भण्डारीले गरेका थिए ।

 

सम्बन्धित समाचार
ताजा अपडेट