Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनियाँ बजारको नाला निर्माण कार्य तिब्र गतिमा अघि बढ्दै

  • कैलाली दर्पण
  • मङ्लबार, फाल्गुन २०, २०८१
बौनियाँ बजारको नाला निर्माण कार्य तिब्र गतिमा अघि बढ्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको मुख्य बजार बौनिया बजारको नाला निर्माणको कामले तिब्रता पाएको छ । २ बर्ष बाट रोकिएको नाला निर्माणको काम अगाडी बढेको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देव राज सिंह स्वारले जानकारी दिनुभयो । नाला निर्माणका लागी पटक पटक निर्माण कम्पनीका संचालक संग पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको पहल र आफ्नो समन्वयले गर्दा कामले तिब्रता पाएको अध्यक्ष स्वारको भनाई छ ।

बजारको बाक्लो बस्तीका बिच विगत लामो समय देखि नाला नहुँदा बजारवासीले डुबान तथा दुर्गन्धको समस्या भोग्दै आउनु परेको अवस्थामा नाला निर्माणले सहजता प्रदान गर्ने छ ।

सङ्घीय सरकार अन्तरगत सडक डिभिजन बाट नाला निर्माणका लागि १६ सय मिटर नाला निर्माण गर्ने भन्दै सुरु गरिएको काम २ बर्ष बजेटको अभाव देखाउँदै अलपत्र पारिएको अवस्थामा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको पहलमा नाला निर्माणको काम सुरु भएको हो ।

रसुन निर्माण कम्पनीका वीर बहादुर बटालाले अब चाडैं नाला निर्माणको काम सम्पन्न हुने बताए । उनले भने बजार बासिले सहज बाताबरण गरेर सहयोग गरे असार मशान्त सम्म काम सम्पन्न गर्छौ । हाल सम्म निर्माण कम्पनीले ७ सय मिटर बौनिया बजार देखि पुर्व पट्टीको नाला निर्माण गर्ने कार्य सम्पन्न गरेको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट