Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल गाउँपालिकाले गर्यो सहिद,बेपत्ता परिवार र घाईतेलाई सम्मान

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन १९, २०८१
मोहन्याल गाउँपालिकाले गर्यो सहिद,बेपत्ता परिवार र घाईतेलाई सम्मान

कैलालीको मोहन्याल गाउँपालिकाले वडा नम्बर १ चायभावरमा जनयुद्द ,जन आन्दोलनका महान शहिद, बेपत्ता यौद्दाका परिवारजन र जनक्रान्तीका घाईते योद्दाहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

साथै पालिकाले सोही अवसरमा गणतन्त्र स्थापनामा जनयुद्धको भुमिका विषयक वक्तित्वकला,नृत्य र गायन  प्रतियोगिता पनि सम्पन्न भएको छ्न।

गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्याय को सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि  पुर्व संविधान सभा सदस्य तथा नेकपा माओबादी केन्द्रीय सदस्य भगत बडुवाल  बिशिस्ट अतिथिमा पल्लिका उपाध्यक्ष कमल बहादुर साउद रहनु भयको थियो।

गणतन्त्र स्थापनामा जनयुद्धको भुमिका विषयक बक्तित्वकला प्रतियोगितामा रास्टिय माध्यमिक बिधालय सोल्टाका भिम राज भण्डारी  प्रथम भएका छन भृकुटी माध्यमिक विद्यालय खिमडीका बिमला सुनारी मगर दृतिय र शान्ति माध्यमिक बिधालय फलेबिसौनाकी पुर्ना पुन मगर तृतीय भएकि छन् ।

यसैगरी नृत्य तर्फ त्रिवेणि माध्यमिक बिधालय बढीगाउँकी रोशनी बिक प्रथम ,र गौरा बिक दृतिय र रास्टिय माध्यमिक बिधालय सोल्टाकी स्वस्तिका बिष्ट तृतीय र रास्टिय माध्यमिक बिधालय पाल्साका गणेश बुढा मगर सान्त्वना भएका छन् ।

गायन तर्फ वडा नम्बर १ कि मनिषा नेपाली प्रथम, वडा नम्बर ३ कि निरुता पन्त दृतिय र शान्ति माध्यमिक विद्यालय का प्रधानाध्यापक मीन बहादुर दर्लामी तृतीय भएका छन ।

कार्यक्रममा तीन वटै बिद्यामा प्रथम लाई १५ हजार दृतिय १२ हजार र तृतीय लाई ९ हजार नगद पुरस्कार दिइएको थियो ।पुरस्कार मा २५% करकट्टी गरिएको छ।

 गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रमलाई पुर्व संविधान सदस्य तथा नेकपा माओबादी केन्द्र का केन्द्रीय सदस्य भगत बडुवालले बिधिवत रुपमा उदघाटन गर्नु भएको थियो।

प्रमुख प्रशासकिय अधिकृत रुपेश कुमार शर्मा बरालको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी भगत बडुवाल,उपाध्यक्ष कमल साउद,वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर बुढा ,२ का वडा अध्यक्ष जय प्रकाश मल्ल ,मोहन्याल माध्यमिक बिधालयका प्रधानाध्यापक मान बहादुर पुन ले शुभकामना मनतब्य राख्नु भएको थियो ।कार्यक्रम स्वास्थ शाखा प्रमुख महेन्द्र शाहीले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट