बर्दगोरिया । बर्दगोरिया गाउपालिका–२ बर्दगोरिया धार्मिक मन्दिर परिसरमा १०८ गौमुखी धारा स्थापना हुने भएको छ । गत महिनामा संचालित महायज्ञको उद्देश्य बमोजिम गौमुखी धारा स्थापना गर्न आज शिवरात्रीको अवसर पारेर शिलान्यास गरिएको छ ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले निर्माण हुने १०८ गौमुखी धाराको बिधिवत रुपमा पुजा गरि शिलान्यास गर्नु भएको हो ।
बुधबार शिलान्यास भएको १०८ धारा ओटा धारा छिट्टै सम्पन्न गर्ने लक्ष्य रहेको बर्दगोरिया धार्मिक पर्यटकीय तथा सास्कृतिक बिकास समितिका अध्यक्ष सुशील शाहिले बताए ।
महायज्ञको संकल्प र उद्देश्य बमोजिम आफ्ना पृतीहरुको नाम लेखाइ धारा निर्माणार्थ यश क्षेत्रका समाजसेवि लगायत व्यापारी ज्युहरुले दान गर्ने घोषणा गरेका छन । सोही अनुरुप धारा बनाउन अब चाडै सुरु गरिने छ । धाराबाट निस्केको पानी नालीमा झर्ने र सो नालीमाथि फलामको जाली बिछ्याउने काम हुने छ ।
गौमूखी धारा निर्माणपछि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा बर्दगोरिया धार्मिक क्षेत्रको थप पहिचान हुने बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए । साथै अध्यक्ष कुँवरले भने बर्दगोरिया मन्दिर परिसरमा निर्माण गरिने धाराले पर्यटक आगमनमा वृद्धि हुने छ ।
बर्दगोरिया धाममा विभिन्न मठ मन्दिर र ठूलो पोखरी निर्माणको क्रममा छन । बर्दगोरिया धार्मिक क्षेत्र यश क्षेत्रकै पर्यटकीय सम्पदाका रूपमा परिचित छ ।
शिलान्यास कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, समाजसेवी तथा महायज्ञ मुल समिती संयोजक उपेन्द्र बम, समाजसेवी अमर बम, बर्दगोरिया बिकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरी , नवीन ढुंगाना, वडा सदस्य अतवारी चौधरी, भलमन्सा गेदुवा डगौरा लगाएतको उपस्थिति रहेको थियो ।