Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सन्त निरंकारी मण्डलको कर्णाली चिसापानी आर्यघाटमा सरसफाई

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन ११, २०८१
सन्त निरंकारी मण्डलको कर्णाली चिसापानी आर्यघाटमा सरसफाई

११फागुन/कैलालीको कर्णाली चिसापानी आर्यघाटमा सरसफाई गरिएको छ।

आईतबार सन्त निरंकारी मण्डल शाखा मोतीपुर र अमरावतीको सयुक्त आयोजनामा दुर्गन्धित बन्दै गएको आर्यघाटको सरसफाई गरेको हो ।

पछिल्लो समयमा लास जलाउन आउंदा यँहा प्रयोग भएका लुगाकपडा तथा पानीका बोतलहरु जथाभावी फाल्ने गरेका कारण चिसापानी आर्यघाट दुर्गन्धित बन्दै गएकाले सरसफाई गरिएको हो  ।

अमृत प्रोजेक्ट अन्तर्गत स्वच्छ जल स्वच्छ मन, प्रदूषण भित्र होस या बाहिर दूबै हानिकारक हून्छ भन्ने मूल नारा का साथ यूगदृष्ट्रा निरंकारी बाबा हरदेव सिंह जी महाराजको जन्मोत्सवको अवसरमा सरसफाई गरिएको हो।

लम्किचूहा नगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष प्रेम चौधरी ,सन्त निरंकारी मण्डलका ज्ञान प्रचारक माहात्मा नवल सिंह बोहोरा मोतीपुर सत्संग भवन मुखि देवराज रेग्मी अमरावती सेवादल सञ्चालक जगत वि क सेवादल शिक्षक राजेश रावल सेवादल जवान साध संगत गरि एक सय भन्दा धेरै को सहभागितामा सरसफाई भएको थियो।

सरसफाई पस्चात आदर्णिय ज्ञान प्रचारक माहात्मा नवल सिंह बोहोराको आतिथ्यमा बृहत सत्संग कार्यक्रम सञ्चालन भएको थियो जसमा नयाराम बटाला अमरावती, अमरावती का सेवादल सह सञ्चालिका धनसरा जी मोतीपुर सत्संग भवन मूखि देवराज रेग्मी, लेखा शर्मा भल्का, माया कुवर खड्का चुहा, कृष्ण रेग्मी मोतीपुर, ललित रावल लम्किले विचार राखेका थिए भने धन्नजय एवम् साथी हरू, अर्जून जी लम्कि, रूप जी अमरावती, कृष्णा रेग्मी मोतीपुर भजन प्रस्तुत गरेको कार्यक्रम को सञ्चालन सेवादल जवान प्रकाश जोशि ले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट