Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सरस्वती मावि प्रतापपुरले मनायो ५२औं वार्षिकोत्सब तथा अभिभावक दिवस

  • कैलाली दर्पण
  • बुधबार, फाल्गुन ७, २०८१
सरस्वती मावि प्रतापपुरले मनायो ५२औं वार्षिकोत्सब तथा अभिभावक दिवस

प्रकाश जोशी/ कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतातपुरमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयले ५२औ बार्षिकोत्सब एवम् अभिभावक दिवस मनाएको छ।

लम्किचूहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा लम्किचूहा नगरपालिकाका नगर प्रमुख शूशिला शाही रहनु भएको थियो ।

विधालयका सहायक प्राध्यापक खड्क चौधरीको स्वागत मन्तव्य सगै सूरू भएको कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि तूल्सीराम चौधरी रा प्र पा का प्रतिनीधी,नेपाल रेडक्रस सोसायटि उप साखा प्रतापूरका उप सभापति राधिका तिमील्सैना, शिक्षक अभिभावक संघ का अध्यक्ष अनिता सार्की विधालय व्यवस्थापन समितिका सदस्य धनिराम तिमील्सैनाले शूभकामना मन्तव्य व्यक्त गरेका थिए।

विधालयका प्रध्यानाध्यापक ठण्ड राज जोसीले विधालयको प्रगती विवरण प्रस्तुत गरेको कार्यक्रममा कक्षा १ देखि १० सम्म अध्यनरत अनूशाशित बिधार्थीहरू लाई सम्मान गरिनुका साथै अस्वस्थ भई विदाई लिनू हूने शिक्षीका श्री बिण्णा बीनाडी लाई १ लाख ५० हजार नगद दोसल्ला सम्मान पत्र यस विधालयका शिक्षक मोतीराम चौधरी लाई १ लाख २० हजार नगद दोसल्ला सम्मान पत्र, उत्कृष्टहरू शिक्षक टेक मल्ल राम एकल्ब यादव र तारा प्रसाद शर्मा बिनाडीलाई सम्मान तथा विदाई गरिएको थियो।

साथै यस विधालयका पूर्व विधालय व्यवस्थापन समिति अध्यक्ष परशूराम तिमील्सैना, उत्कृष्ट अभिभावक पशूपति ओड,जमूना जोशी,शारदा पूरी, जमूना रेग्मी लाई दोसल्ला सम्मान पत्र प्रदान गरीएको कार्यक्रम मा रण लक्ष्मी छात्रवृति मार्फत कक्षा १० अध्यनरत एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने अमन चौधरी र पूजा चन्द लाई जनही ५ हजार सहित सम्मान गरिएको छ भने मनिराज गोमती छात्रवृति मार्फत कक्षा ११/१२ मा अध्यनरत यादव चौलागाई र हिमानी कूवर लाई पनि जनहि ५ हजार प्रदान गरिएको थियो।

 

सम्बन्धित समाचार
ताजा अपडेट