बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा तथा छैटौं चुनावी अधिबेशन सम्पन्न भएको छ ।
सनिवार संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले विद्युत सहकारीलाई चाहिने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने यो आर्थिक बर्षमा केही ठुला र बिकासका कामले तिब्रता पाउँदा स साना काम रोकिएका छन ती कामहरु आगामी दिनमा सहयोग गर्दै पूरा गर्ने बताए ।
संस्थाका उपाध्यक्ष दिल बहादुर सापकोटाको शुभकामना मन्तव्य संगै सुरु भएको कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष भक्तराज आचार्य ,बर्दगोरिया पर्यटकीय तथा सास्कृतिक बिकास समिती अध्यक्ष सुशील शाही ,निर्वाचन अधिकृत तेज प्रताप मल्ल , मुडा बजार बिकास समितिका अध्यक्ष मगना चौधरी , महिला नेतृ साबित्रा सापकोटा ,मीन बहादुर बम, लगाएत समाजसेवी बुद्धिजीवीको सहभागीता रहेको थियो ।
संस्थाका अध्यक्ष देवानन्द जैशीले बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । जसमा आर्थिक बर्ष २०८०/०८१ को ५३ लाख ,७५ हजार ,६ सय ६१ रुपैयाँ र आर्थिक बर्ष २०८१/०८२ को पुस मसान्तसम्म को ३८ लाख ६५ हजार बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।
संस्थाले नियमित विद्युत महशुल बुझाउने शेयर सदस्यहरुलाई ५ टोलमा बिभाजन गरि प्रत्येक टोलमा २/२ जना गरि १० जनालाई दोशल्ला र बल्ब दिएर सम्मान समेत गरेको छ । कार्यक्रमको संचालन सदस्य लाल बहादुर बि क ले गर्नु भएको थियो ।
चुनावी साधारण अधिबेशनबाट अध्यक्षमा डिल बहादुर सापकोटा निर्वाचित भएका छन । यसै गरि उपाध्यक्ष गोबिन्द डागी , सचिबमा लाल बहादुर बि क, र कोषाध्यक्ष्यमा प्रतिभा देवि साउद सर्वसहमती बाट निर्वाचित भएका छन । अन्य सदस्य हरुमा राजु चौधरी,युवराज मल्ल, जानकी बम, सपन देवि सापकोटा, र धन प्रसाद न्यौपाने निर्वाचित भएका छन । सहकारी संस्थाको लेखा समिती संयोजकमा मेघराज सापकोटा निर्वाचित भएका छन ।