Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कोईलीभुरुवा ग्रामीण विद्युतको १८औं बार्षिक साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन ३, २०८१
कोईलीभुरुवा ग्रामीण विद्युतको १८औं बार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोईलिभुरुवा ग्रामीण विद्युत सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सनिवार संस्थाका अध्यक्ष बिकटलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री रामेश्वर चौधरी रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोले राम चौधरी र संस्थाका पुर्व अध्यक्ष राम चन्द्र कठरिया रहनु भएको थियो ।

संस्थाका उपाध्यक्ष सिंह बहादुर चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा संस्थाका पुर्ब राम नारायण थारु ,शिक्षक राम चन्द्र कुश्मी, लगाएत समाजसेवी बुद्धिजीवीको सहभागीता रहेको थियो ।

संस्थाका अध्यक्ष सचिव हरिराम डगौराले बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । जसमा आर्थिक बर्ष २०८०/०८१ को २० लाख ,५४ हजार ,६ सय ४१ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव हरिराम डगौराले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट