बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सोमबारदेखि मन्टेश्वरी तालिम सुरु भएको छ । वडा नम्बर ६ को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कार्यालयले यहाँका सामुदायिक विद्यालयका वालबिकास कक्षामा अध्यापनरत शिक्षिका र सहजकर्ता तथा अवसरको खोजिमा रहेकाहरुको लागि आधारभुत तालिमको सुरुवात गरेको हो ।
वडामा रहेका विभिन्न विद्यालयका शिक्षिकाहरु सम्मीलित तालिममा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत
बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी गर्नका लागि तालिम सुरु गरिएको जनाइएको छ ।
तालिमको सोमबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित) ले उद्घाटन गर्नुभएको छ । तालिममा वडा नम्बर ६ भित्रका विभिन्न सामुदायिक विद्यालयका १५ जना बढी बाल बिकासमा अध्यापनतर शिक्षिकाहरु, सहजकर्ता तथा मन्टेस्वरी तालिमको खोजिमा रहेकाहरुको सहभागीता छ ।
तालिममा सहभागीलाई बाल बिकास विषेशज्ञ सविता तिमिल्सिनाले प्रशिक्षण तथा सहजीकरण गरिरहनु भएको छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले मन्टेश्वरी विधीवाट विद्यालयको सानो कक्षादेखि पठनपाठन गराउदा बालबालिकालाई राम्रो र संस्कारीक बनाउन सकिने भन्दै यहाँका सामुदायिक विद्यालयले यसलाई आत्मसात गरेर ब्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार मन्टेस्वरी कक्षा सञ्चालनका लागि जनशक्ति उत्पादन गर्ने काम वडा कार्यालयले थालेको हो ।
कार्यक्रममा बोल्दै उहाँले अहिलेको शिक्षा राम्रो र ब्यावहारीक हुनुपर्ने भन्दै अभिभावकले आफ्नो वाल वच्चाकोे शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना गर्नुपर्नेमा विशेष ध्यानदिनुपर्ने बताउनुभयो ।
उहाँले बालवालिकाको सिकालाई प्रभावकारी र गुणस्तरीय बनाउन घोकन्ते विद्या भन्दा पनि व्यवहारीक रुपमा सिकाउन सकेमात्र उपलव्धी फलदायी हुने हुँदा व्यवहारिक र मेहेनतका साथ तालिममा सहभागी भई सीपलाई व्यवहारमा लागुगर्नु पर्ने सहभागीलाई सुझाव दिनुभयो ।
उद्घाटन कार्यक्रममा वडा सदस्य हिक्मत कठायत, अमर सिंह दहित, नेहा चौधरी ,धनसरा सुनार ,वडासचिब मदन जोशी लगाएतको उपस्थिति रहेको थियो ।