Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जन्मदिनको अवसरमा समाजसेवी शाहीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • कैलाली दर्पण
  • सोमवार, माघ २१, २०८१
जन्मदिनको अवसरमा समाजसेवी शाहीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

निर्मला शाही/मोहन्याल गाउँपालिका वडा नम्बर-३ निवासी नेपाली काङ्ग्रेस मोहन्यालका युवा नेता,सफल ब्यापारी समाजसेवी खगेन्द्र बहादुर शाहीले आफ्नो जन्मदिनको अवसरमा  विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

आइतबार  मोहन्याल गाउँपालिका वडा नम्बर -३ ताम्चामा रहेको श्री नवदुर्गा आधारभुत विद्यालयमा अध्यनरत १ सय ८ जना विद्यार्थीहरु लाई कपि,पेन लगायतका शैक्षिक सामाग्री  वितरण र विद्यालयलाई एक थान माइक्रोफोन बुफर प्रदान गर्नु भएको हो।

जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासँग जोड्न आफुले प्रयास गरेको शाहीले बताउनु भयो ।

वितरण कार्यक्रममा विद्यार्थीहरुले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

जन्मदिनको अवसरमा शिक्षा क्षेत्रसँग जोडिनु भएकोमा विद्यालयका सहायक प्रधानाध्यापक रण बहादुर सहकारीले धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा मोहन्याल कार्यपालिका सदस्य नानी दमाई, कोकिला भण्डारी, जन कल्याण सामुदायिक बनका अध्यक्ष जनक गिरि, चक्र कुँवर लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट