बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा आइतबार खोप समन्वय समिति र सञ्चार क्षेत्र संग एच.पी.भि. (HPV) खोप अभियान २०८१ बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आईतवार स्वास्थ्य शाखाले बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी ,सरोकारवाला निकाय र संचार क्षेत्रका प्रतिनिधिहरु संग अभिमुखिकरण सम्पन्न गरेको हो ।
बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको यस खोप अभियानलाई सार्थक र भव्य रूपमा सफल पार्न वडा खोप समन्वय समिति, महिला स्वयंसेवी समूह, र विद्यालय शिक्षकहरू, सरोकारवाला निकाय, जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहनेछ । यसैले माघ २२ देखि फागुन ६ गतेसम्म खोप सञ्चालन गर्न सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वासका साथ अभिमुखिकरण गरिएको बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामीले जानकारी दिए ।
खोप अभियान अन्तर्गत माघ २२ गते देखि बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १,३,४ र ६ मा रहेका विभिन्न विद्यालयमा खोप संचालन हुने छ भने माघ २७ गते देखी वडा नम्बर २ र ५ का विभिन्न बिधालयमा खोप लगाइने छ ।
जनस्वास्थ्य निरीक्षक युजिन कुश्मिले पाठेघरको मुखमा हुने क्यान्सरका कारण हुने मृत्युलाई घटाउनको लागि सरकारले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको बताउँदै पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप कार्यक्रमका बारेमा जानकारी गराए । उनले यो खोप कार्यक्रमबाट लाभ लिन पनि आग्रह गरे ।
बर्दगोरियाका बिधालय जाने २ हजार २ सय ३७ र बिधालय नजाने ३ सय ४८ किशोरीहरुलाई खोप लगाईने सि अहेब अनिल बिक्रम सिंहले जानकारी दिए ।
सहजीकरण गर्दै स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक युजिन कुश्मिले यस अभियानलाई सफल बनाउन स्थानीय समुदाय, अभिभावक, र शिक्षकहरूको सहयोग अपेक्षा गरेको बताए । उनले यस अभियानले न केवल बालिकाहरूको स्वास्थ्य सुरक्षा गर्ने, तर समग्र रूपमा समाजलाई जागरूक बनाउने महत्वपूर्ण भूमिका खेल्ने बताए ।
बर्दगोरिया स्वास्थ्य शाखाका सि.अहेव अनिल बिक्रम सिंहले एच.पी.भि. खोप अभियान २०८१ को अभिमुखिकरण कार्यक्रमले अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहभागिता अपेक्षा गरेको बताए ।
कार्यक्रमको समापन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पाठेघरको मुखको क्यान्सरलाई खोपले धेरै हदसम्म रोक्न सकिने हुदा सबैले आफ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नु भयो । उहाले भन्नुहयो सरकारले यो खोप अभियान थाल्नु राम्रो कुरा हो । । यो खोप संगै बर्दगोरियामा रहेका किशोरिहरु तथा बालबालिकाले पाउने सम्पुर्ण खोप समयमै लगाई सहयोग गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई आग्रह गर्नुभयो ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षताम भएको कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरि ,प्रमुख प्रशासकिय अधिकृत नन्दा कुमारी भट्ट लगाएत वडा अध्यक्षहरु, कार्यपालिका सदस्य , कर्मचारीहरुको सहभागिता रहेको थियो ।
